काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ ।
बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार भएकोमा शुक्रबार रु एक हजारले वृद्धि भई रु ९६ हजार ७०० मा कारोबार भएको छ ।
यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक हजार २१० मा कारोवार भएको चाँदी शुक्रबार भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको छ ।