arrow

त्रिसिद्देश्वरी मन्दीरमा चोरी गरेर मुर्ति तोडफोड गर्नेहरुलाई कार्वाही गर्न बिश्व हिन्दु युवा संघको माग

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
world-hindu-youth-union.jpg

काठमाडौं। दाङ तुल्सिपुरको वडा नम्बर ६ मा रहेको त्रिसिद्देश्वरी मन्दीरमा भएका दानपेटी तोडेर नगद चोरी गरी मन्दिरमा भएका बाघका मुर्तिहरु तोडफोड गर्ने घटनामा संलग्नलाई पहिचान गरी कार्वाही गर्न बिश्व हिन्दु युवा संघले सरकारसँग माग गरेको छ। संघको तर्फबाट बिश्व हिन्दु युवा संघका प्रवक्ता अनुराग शाहले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन।

गएराति मन्दिरमा भएको चोरी र मूर्ती तोडफोड घटना सरकार मठ मन्दिरहरुको सुरक्षामा गम्भीर नबनेको कारण घटेको आरोप समेत संघले लगाएको छ। विज्ञप्तिमा भनिएको छ "दाङको त्रिसिद्देश्वरी मन्दिरको दान पेटीबाट पैसा चोरी गरेर उक्त मन्दिरमा भएका मूर्ती तोडफोड गर्ने अपराधीलाई पहिचान गरी तत्काल कार्वाहीको दायरामा ल्याउन हामी सरकारसँग जोडदार रुपमा माग गर्दछौ।'

संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ, 'मन्दिर जस्तो निस्वार्थ स्थानमा पनि यस्ता आपराधीक गतिविधि गर्ने ब्यक्तिलाई राज्यलेनै कार्वाही नगरी उन्मुक्ति दिए तिनै ब्यक्तिहरुनै समाजमा अशान्ति मच्चाउन लाग्ने भएकाले यस्ता अराजक ब्यक्तिलाई तत्काल कार्वाहीको दायरामा ल्याउन जरुरी छ।'



लोकप्रिय समाचार
नयाँ