नेपालगन्ज। कोरोना संक्रमित दाङकी एक सुत्केरी महिलाको कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० की २० वर्षीया महिलाको आज दिउँसो ३.२० बजे नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
प्रसुति सेवाका लागि कार्तिक १६ गते अस्पताल भर्ना भएकी उनले १७ गते बच्चालाई जन्म दिएकी थिइन् । त्यसपछि स्वास्थ्यमा समस्या देखिएपछि कोभिडको आशंकामा १८ गते स्वाब संकलन गरी परिक्षण गर्दा सोही दिन उनमा कोरोना पुष्टि भएको थियो ।
योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।