जाकार्ता, इन्डोनेसियामा एकै दिनमा ३ हजार ७७८ जना थप व्यक्ति कोरोना भाइरस संक्रमित भएपछि कुल संक्रमितको संख्या ४ लाख २९ हजार ५७४ पुगेको छ ।
साथै एकै दिनमा ९४ व्यक्तिको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्यु हुने व्यक्तिको संख्या १४ हजार ४४२ पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।
कोरोना भाइरस संक्रमणको कारण अस्पताल भर्ना भएका ३ हजार ५६३ जना एकै दिनमा घर फर्किएपछि कुल ३ लाख ६० हजार ७५० जना कोरोना भाइरस मुक्त भएका छन् । इन्डोनेसियाको ३४ ओटा प्रान्तमा कोरोना भाइरस संक्रमण फैलिएको छ ।
विशेषगरी गत २४ घण्टामा जाकार्तामा ६७२ मध्य जाभामा ६१३, पश्चिम जाभामा ५८७ पूर्वी जाभामा २८९ र पश्चिम सुमात्रामा २३५ जना कोरोना भाइरस संक्रमित भेट्टिएका छन् । तर पपुआ प्रान्तमा भने कोरोना भाइरसको कुनै नयाँ सक्रमित फेला परेका छैनन् ।