arrow

शुक्रबार नेपालमा कति थपिए संक्रमित ?

थप १८ जनाको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौँ । शुक्रबार नेपालमा थप दुई हजार ९०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै  कोरोना संक्रमितको सङ्ख्या एक लाख ८८ हजार ८८३ पुगेको छ । थप १० हजार १५३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।      

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ५२ हजार ९०८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर चार हजार पाँच सय संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३४ हजार ९०५ जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १५ लाख १७ हजार ३४३ जनाको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।   

यसैबीच काठमाडौँ उत्यकामा थप एक हजार ३३८ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये काठमाडौँका एक हजार ३०, ललितपुरका १८७ तथा भक्तपुरका १२१ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।     

कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा संक्रमणबाट मर्नेको संख्या १० हजार ७० पुगेको छ ।  



लोकप्रिय समाचार
नयाँ