arrow

पुजालाई तातो तेल खन्याउने श्रीमान् समातिए

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
pakrau-jail.jpg

धादिङ । नीलकण्ठ नगरपालिका– ११ ज्यामरुङकी २० वर्षीया पुजा परियारलाई तातो तेल ज्यानमा खन्याएर मार्न खोजेको आरोपमा उनका श्रीमान २४ वर्षीय अस्विन परियारलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा बसीरहेकी श्रीमतिलाई तेल तताएर शरिरमा खन्याएपछि पुजा सख्त घाइते भएकी छन् । तातो तेलले पोलेर टाउको, ढाड, घाँटी, गोडा र हातमा पोलेको छ । घाइतेको किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको र आरोपितलाई गिरफ्तार गरी अनुसन्धान शुरु गरिएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक लोकनाथ तिम्सिनाले जानकारीले बताए ।

घाइतेको किर्तिपुरस्थित किर्तिपुर मोडेल अस्पतालमा उपचार भइरहेको छ । आरोपितविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्धा दर्ता गरेको छ । घटना प्रकृतिअनुसार मुद्धामा अनुसन्धान हुने र कसुर अनुसारको अदालतले सजाय गर्ने प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ