जनकपुर । प्रदेश नं २मा पछिल्लो २४ घण्टाको अवधिमा एक सय सत्र जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार धनुषामा २९ , पर्सामा १४ ,बारामा चार , महोत्तरीमा १० , रौंतहटमा १३ , सप्तरीमा ११ , सर्लाहीमा पाँच र सिरहामा ३१ जना नयाँ संक्रमित थपिएका हुन् ।
यस प्रदेशमा सक्रिय संक्रमितहरुको सङ्ख्या एक हजार नौं जना छन् भने अहिलेसम्ममा संक्रमणबाट १७ हजार ५८१ जना उपचार गराइ निको भएर घर फर्केका छन् ।
यसैगरी प्रदेशमा १६५ जनाको संक्रमणको कारण मृत्यु छ । होम आइसोलशनमा ९८६, सघन कक्षमा उपचार कक्षमा ४३ र भेन्टिलेटरमा १२ जनाको उपचार भइरहेको जनाइएको छ ।