arrow

अवकाशको मुखमा पनि सशस्त्रका उच्च अधिकृतहरु अनुगमनमा, मातहतका कर्मचारीहरु उत्साहित

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
apf1.jpg

काठमाडौं । सशस्त्र प्रहरीका एआइजी तथा डिआइजीहरु अबकाश हुने केही समय अघि हुँदासमेत देश दौडाहामा निस्किदै आफ्नो सक्रियता देखाएको बिषय यतिखेर चर्चामा रहेको छ । सशस्त्रका उच्च अधिकृतहरु अबकाशपछि हुने बेलासम्म सक्रिय भइ देश दौडाहामा निस्केर भेटघाट हुने कुराले प्रहरी संगठनको मातहतका पङती उत्साहित पाइएको बताइएको छ । देश दौडाहमा निस्कने हाकिमहरुलाई मातहतका कर्मचारीहरुले आफ्ना कुराहरु राख्न समेत पाउन पाएपछि यस्तो भेटघाट महत्वपूर्ण हुनेगरेको  प्रहरी कर्मचारीहरु बताउँछन् ।

आगामि पुष २९ गते अबकाश हुन लागेका एआइजी नारायण बाबु थापा यतिखेर कर्णाली प्रदेशको उत्तरी क्षेत्रका पोष्ट तथा गण गुल्महरुको अनुगमनमा छन् । घुमघामसँगै हुने भेटघाटबाट मातहत कार्यालयका अधिकृत तथा सिपाहीहरुले आफ्ना कुरा सशस्त्र प्रहरी मूख्यालयसम्ममा रिपोटिंग हुने अपेक्षा गर्ने गरेको पाइएको छ ।

यसैगरी अबकाशको मुखमा रहेपनि २ नम्बर प्रदेशका डिआइजी कृष्णभक्त ब्रम्हाचार्य, गण्डकी प्रदेशका डिआइजी राजेन्द्र बस्नेत, ६ नम्बर प्रदेशका डिआइजी हरिश्चन्द्र अधिकारी, ७ नम्बर प्रदेशका डिआइजी हरिशंकर बुढाथोकी अहिले मातहत कार्यालयहरुको अनुगमन गरि त्यसको जानकारी गरि हेडक्वार्टरमा पठाउन लागेका छन् । ४ नम्बर बाहिनीका डिआइजि राजेन्द्र बस्नेत पनि मातहतका कार्यालय अनुगमनमा छन्।

 



लोकप्रिय समाचार
नयाँ