काठमाडौं । कोरोना भाइरसका संक्रमित फ्रान्समा ह्वात्तै बढेका छन् । शुक्रबार अहिलेसम्मकै बढी संक्रमित फ्रान्समा थपिएका छन् ।
शुक्रबार मात्रै फ्रान्समा ६० हजार ४८६ जना संक्रमित थपिए । फ्रान्सले शुक्रबार भारतलाई पनि पछि पारेको छ ।
शुक्रबार फ्रान्समा मात्रै ८२८ जनाले ज्यान गुमाए । यो संख्या पनि शुक्रबारको दोस्रो बढी हो । फ्रान्स संक्रमित थपिने र मृतक थपिनेमा दोस्रो स्थानमा रह्यो ।
अहिलेसम्म फ्रान्समा १६ लाख ६१ हजार ८५३ जना संक्रमित पुगेका छन् । ३९ हजार ८६५ जनाको ज्यान गएको छ ।
बिहीबार फ्रान्समा ५८ हजार ४६ संक्रमित थपिँदा ३६३ जनाले ज्यान गुमाएका थिए ।
फ्रान्समा स्वास्थ्य प्रशासन अताल्लिएको छ । सरकारले लकडाउन लगाए पनि संक्रमित थपिने क्रम बढ्दो छ ।
तस्वीरमा कोरोना संक्रमितलाई लियोँबाट जहाजमा उद्धार गरी थप उपचारका लागि पूर्वी फ्रान्समा लगिएको छ । तस्वीर–एपी ।