arrow

पटकासहित पक्राउ

logo
रासस,
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
pataka.jpeg

इनरुवा। सुनसरीको इटहरी उपमहानगरपालिका–८ पुष्पलाल चोकबाट पटकासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा इनरुवा–९ का २२ वर्षीय सतम अन्सारी, हरिनगर–२ का २० वर्षीय दिनेश राम, इटहरी–१३ का ३० वर्षीय रञ्जित सरदार र इटहरी–१२ का ३२ वर्षीय शान्ताकुमारी चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए।

पक्राउ परेकालाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। भारतीय बजारबाट अवैध रुपमा पटका ल्याइ इटहरीसहित जिल्लाको विभिन्न ठाउँको बजारमा बिक्री वितरण गरिरहेको छ भनी गोप्य सूचनाको आधारमा उनीहरुलाई पटकासहित पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए। पक्राउ परेकाको साथबाट प्रहरीले को २२ प ३००२ नंम्बरको मोटरसाइकल, को १ ह ७२६० नम्बरको अटो टेम्पु, ४ वटा बोराभित्र ५६ बण्डल नागिन लेखिएको पटका बरामद गरिएको प्रहरीले जनाएको छ। 

करणी आरोपमा पक्राउ
सुनसरी देवानगञ्ज गाउँपालिका–७ राजगङ्ज सिनुवारीका महेन्द्रप्रसाद मेहतालाई करिब ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले बिहीबार घरबाट पक्राउ गरेको छ। मेहताले करकापमा पारेर महिला कर्मचारीलाई पटक–पटक जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले पुष्टि गरे।

मेहतालाई शुक्रबार सुनसरी जिल्ला अदालतबाट अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। महिलाको स्वास्थ्य परीक्षण शुक्रबार नै इनरुवा अस्पतालमा गरिएको छ भने मेहता माथि मुद्दा चलाइएको छ।



लोकप्रिय समाचार
नयाँ