नेपालगन्ज । कोरोना संक्रमणबाट दाङका एक पुरुषको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ५९ वर्षीय पुरुषको शनिवार विहान साढे ५ बजे भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
स्वास्थ्यमा समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा पिसिआर परिक्षण गर्दा कार्तिक ६ गते उनमा कोरोना पुष्टि भएको थियो । त्यसपछि कार्तिक ७ गते कोरोना अस्पताल बेल्झुण्डीमा भर्ना भएका उनको स्वास्थ्यमा सुधार नआएपछि कार्तिक २० गते भेरी अस्पतालमा ल्याइएको थियो ।
योसंगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।