ट्रम्पलाई हराउँदै जो वाइडेन भए अमेरिकाको ४६औं राष्ट्रपति
एजेन्सी,
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
24
Shares
काठमाडौं। डेमोक्र्याटिक दलका राष्ट्रपतिका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपतिमा बिजयी भएका छन् । बाइडेनले रिपब्लिकन दलका प्रतिष्पर्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हराउँदै बिजयी भएका हुन् । त्यसैगरि अमेरिकी उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकी छिन्।
विगत ४ दशक देखि अमेरिकी राजनीतिमा संलग्न ७८ बर्षिय वाइडेन लामोसमय सिनेटर भएर काम गरेका थिए । उनी अमेरिकी पूर्व राष्ट्रपति बराक ओबामाका बेलामा उपराष्ट्रपति थिए । राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक पर्ने २७० इलेक्टोरल मत भन्दा २० बढी २९० मत वाइडेनले ल्याएका छन् ।
बाइडेनको बिजयीसंगै डेमोक्रेटले अमेरिकी माथिल्लो सदन सिनेटमा ४८ सिट र तल्लो सदनमा कूल २१३ सिट ल्याउन सफल भएको छ । सिनेटमा बहुमत ल्याउन ५१ सिट प्राप्त गर्नु पर्ने हुन्छ भने प्रतिनिधि सभामा २१८ ल्याएमा बहुमत हुने छ ।
बाइडेनललाई कूल लोकप्रिय मत ७ करोड ४३ लाख प्राप्त भएको छ । अर्थात् उनले ५०.५ प्रतिसत पपुलर भोट प्राप्त गर्न सफल भए । यसैगरि ट्रम्पले ४८ प्रतिशत अर्थात ७ करोड २० लाख लोकप्रिय मत प्राप्त गरेका छन् ।
२० नोभेम्बर १९४२ मा जन्मिएका जो बाइडेन अर्थात जोसेफ रोबिनेट बाइडेन जुनियर आफ्नो राजनीतिक करिअरकै क्रममा सन् २००९ देखि सन् २०१७ सम्म ओबामा प्रशासनमा संयुक्तराज्य अमेरिकाको उपराष्ट्रपति थिए । उनले डेलावेयरका लागि सन् १९७४ देखि सन् २००९ सम्म सिनेटरको रूपमा काम गरेका थिए ।