arrow

विश्वको सबैभन्दा ठूलो अनलाइन सेल दिवस कार्तिक २६ मध्यरातबाट सुरू हुँदै

सम्पूर्ण तयारी भएको दराजको भनाई

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
daraz-sale.jpg

काठमाडौं। देशको अग्रणी अनलाइन बजार, दराजले ' लाइभ अनौन्स्मेण्ट ' कार्यक्रम मार्फत  दराज ११ ११ को तेस्रो संस्करण नोभेम्बर ११, कार्तिक २६ सफल बनाउन पुरै तयार रहेको जनाएको छ । यस वर्षको ११ ११ सेलमा ग्राहकहरुले विशेष छुट पाउनुका साथ् ८ लाख बराबरको टिभीएस अपाचे आरआर ३१० जित्ने मौका पनि पाउने दराजले जनाएको छ।

ग्राहकहरुले नबिल बैंक, सानिमा बैंक, एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, मेगा बैंक, नेपाल बंगलादेश बैंक, कुमारी बैंक, लक्ष्मी बैंक, सेन्चुरी बैंक र हिमालयन बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरि अनलाइन भुक्तानीमा २० प्रतिशत (अधिकतम रु ३००००) सम्मको छुट पाउन सक्ने दराजले जनाएको छ। त्यस्तै गरी, ग्राहकहरूले दराज मा इसेवा वालेट मार्फत भुक्तानी गर्दा समेत छुट पाउनेछन्।  

११ ११ मा ग्राहकहरुले विशेष लन्चका रुपमा सामसंग ग्यालेक्सी एसट्वेन्टी एफइ विश्वको सर्वश्रेष्ठ मूल्य रु ६९,९९९ मा पाउनेछन्। त्यस्तै गरी एलजी, एमआई, फिटबिट, सोनी, भ्यांस, वल्पुल, टाइटन, कोलम्बिया, मिचा, गोल्डस्टार, जुआस, होम ग्लोरी, आमाइरा, फेशन हाउस, न्यु ब्यालेन्स, टिभियस जस्ता ब्रान्डहरुमा पनि ६० प्रतिशतसम्म छुट पाउनेछन। साथै प्रीमियम प्रायोजक कोकाकोलाले पनि ११ ११ को अवसरमा विशेष अफरहरू घोषणा गर्ने दराजले जनाएको छ।

दराजले ग्राहकहरुलाई ११ ११ मा लाइभ भिडियोहरू, फ्ल्यास सेल, बन्डल अफर, निशुल्क वितरण, सोशल मिडियामा प्रतियोगिता, अनलाइन लुडो टूर्नामेन्ट, अर्ली बर्ड अफर, एनसेल मोबाइल रिचार्ज छुट, र वन रुपी गेम र मिशन ११ ११ जस्ता गेम मार्फत पुरस्कार जित्ने धेरै अवसरहरू पनि प्रदान गर्ने जनाएको छ।  

११ ११ सम्बन्धी मिडिया र ग्राहकहरूको केही प्रश्नहरूको जवाफ दिन दराजले प्रत्यक्ष प्रेस कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रम मुख्य वक्ताहरु दराजका प्रबन्ध निर्देशक, लिनो अलरिंग, डेक्स प्रमुख, सन्तोष बिष्ट, र मुख्य ग्राहक अधिकारी, सम्झना सुवेदी थिए। वक्ता सन्तोष विष्ट र सम्झना सुवेदीले कम्पनीको सबैभन्दा महत्वपूर्ण पक्षहरु ग्राहक सेवा र संचालनले यस एक दिनको सेललाई सफल बनाउन गरिरहेको तयारी बारे बोलेका थिए।

हामीले ११ ११ को लागि ७०० भन्दा बढी डेलिभरी कर्मचारीहरू थपेका छौं । साथै ६ अन्य लजिस्टिक साझेदारहरूसँग काम गर्दै हाम्रो क्षमता, पूर्वाधार र प्रविधिमा उल्लेखनीय सुधार भएको छ । महामारीको बखत, ग्राहक र स्टाफको सुरक्षा निश्चित गर्न हाम्रा डेलिभरी कर्मचारीहरूको स्वास्थ्यको निरन्तर जांच गरिरहेको छौँ र ग्राहकलाई सबैभन्दा राम्रो ग्राहक अनुभव दिलाउन तालिम पनि निरन्तर दिइरहेका छौं।” डेक्स प्रमुखसन्तोष विष्टले भने।

कार्यक्रममा, मुख्य ग्राहक अधिकारी, सम्झना सुवेदीले भनिन, 'हामी ग्राहकका मागहरू पूरा गर्न ११ ११ को लागि २०० भन्दा बढी कस्टमर केयर एजेन्टहरू राखेका छौँ । हामीले हाम्रो ११ ११ को लागि हाम्रो काम गर्ने समय अवधि पनि बढाएका छौँ। ”

२०१८ मा अलीबाबाले दराजलाई अलिबबा ग्रुप अन्तर्गत समावेश गरेको थियो जस पछि दराजले नेपालमा ११ ११ आयोजना गरेको हो । ११ ११ मा ठूलो संख्यामा प्रयोगकर्ताहरु हुने भएको सबैभन्दा राम्रो डिल हात पार्न दराजले ग्राहकहरुलाई आफ्नो बैंक कार्ड अनलाइन पेमेन्टको लागि सक्रिय छ कि छैन सुनिश्चित गरि भउचर तथा सीमित अफरहरू नछुटाउन उनीहरूको मनपर्ने वस्तुहरू कार्टमा अहिले नै हाल्न सुझाव गरेको छ। साथै अर्डर गर्नु अघि किन्न मनलागेको वस्तु बारे अन्य ग्राहकहरुले दिएको रिभ्यु हेर्न पनि सुझाव दिएको छ।



लोकप्रिय समाचार
नयाँ