नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट रोल्पाका एक पुरुषको नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको छ । लिवाङ नगरपालिका वडा नम्बर ४ का ५६ वर्षीय पुरुषको शनिबार राति सवा १२ बजे भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताए ।
स्वास्थ्यमा समस्या देखिएपछि सुरुमा रेउघा अस्पतालमा स्वास्थ्य जाँच गराएका उनलाई कार्तिक १४ गते नेपालगन्ज मेडिकल कलेज कोहलपुर ल्याइएको थियो । कोभिडको आशंकामा स्वाब संकलन गरेर परिक्षण गर्दा १५ गते उनमा कोरोना पुष्टि भएको थियो ।
त्यसपछि कार्तिक १६ गते उनलाई भेरी अस्पतालमा ल्याइएको थियो । परिवारका अनुसार विगत १ महिनादेखि उनमा जण्डिसको समस्या थियो ।
यो संगै बाँकेमा बाहिरी जिल्लाबाट उपचारका लागि आएका २९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।