arrow

वीरबहादुरको जीप दुर्घटनामा मृत्यु, दीपक घाइते 

logo
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
accident-final.jpeg

बैतडी । जीप दुर्घटना हुँदा बैतडीमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवर रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग१ज ५१९२ नम्बरको बोलेरो जीप शनिबार राति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो । 

दुर्घटनामा परी दोगडाकेदार–३ श्रीकोटका जीपचालक २३ वर्षीय दीपक चन्द घाइते भएका छन् । उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । जीपमा दुई जना मात्रै सवार रहेको बताइएको छ । 

जीप सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ । जीप दुर्घटनाको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
नयाँ