डोटी । साइन नेपाल धनगढी द्वारा पूर्विचौकी गाउपालिका वडा नं २ का वासिन्दालाई सुधारिएको धुवाँरहित चुलो वितरण गरेको छ । शनिवार वडा नं २ को झिंग्रानामा एक कार्यक्रमबीच वितरण गरिएको हो । वडा नं २ को सहकार्यमा वडाका २ सय ९५ परिवारलाई चुलो वितरण गरिएको साइन नेपालका अध्यक्ष भक्तराज जोशीले बताए ।
वडाले पूरै वडा धुवाँरहित बनाउनमा सहयोग गर्न अनुरोध गरेको बताउँदै अध्यक्ष जोशीले पहिलो पटक वितरण गरेको चुलोले राम्रो परिणाम ल्याए कार्यक्रमलाई अगाडि बढाइने बताए । वितरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य भरतबहादुर खड्काले सुधारिएको चुलोले दिदीबहिनीको स्वास्थ्यमा सुधार आउनेमा विश्वास व्यक्त गरे ।
दैनिक चुलो चौकामा लागिरहने दिदीबहिनीहरुको धुवाँका कारण विभिन्न स्वास्थ्य समस्या झेल्नु परेको अवस्थालाई सुधारिएको चुलो प्रयोगले राम्रो परिणाम ल्याउने प्रदेश सभा सदस्य खड्काले बताए ।
त्यसैगरी कार्यक्रममा खप्तड मध्यवर्ती क्षेत्र विकास समितिका अध्यक्ष राम प्रसाद उपाध्ययले धुवाँरहित चुलोले मध्यवर्ती क्षेत्र र यहाँका वासिन्दालाई प्रत्यक्ष रुपमा फाइदा हुने बताए । कार्यक्रममा पूर्विचौकी गाउपालिकाका वडा नं २ का अध्यक्ष योगेन्द्र ठकुल्लाले संस्थाले वितरण गरेको धुवा रहित चुलोले यहाँका वासिन्दाको स्वास्थ्यमा प्रत्यक्ष फाइदा हुने बताए ।
धुवारहित चुलोको प्रयोगले यहाँका वासिन्दामा आउने सकारात्मक प्रभावलाई मध्यनजर गर्दै सम्पूर्ण वडालाई धुवाँरहित वडा वनाउनमा सहयोग गरिदिन आग्रह गरे ।
कार्यक्रममा डोटी उद्योग वाणिज्य संघका महासचिव दिपक खड्काले धुवा रहित चुलो वितरणले दैनिक चुलोको धुवाँबाट आइपर्ने स्वास्थ्य समस्यालाई न्यूनिकरण गर्ने कुरामा जोड दिए ।
कार्यक्रममा साइन नेपालका कोषाध्यक्ष मेखराज भट्टले धुवाँरहित चुलोको उपयोगिता र महत्वका बारेमा बताएका थिए । सुधारिएको चुलोले दाउराको पनि कम खपत हुने र धुवाँवाट हुने रोगवाट पनि वच्ने स्थानिय वासिन्दा हरि सिंह ठकुल्लाले बताए ।
कार्यक्रममा नन्द सिह धामी लगाएतकाले चुलो वितरणले राम्रो प्रभाव पर्ने वताए । त्यस्तै पूर्र्वी की गाउँपालिका – २ बगलेकका एक सय पचास जनालाई न्यानो वितरण गरिएको छ।
उक्त वडामा रहेका असक्त, अपांग, असाहय र एकल महिलालाई न्यानो वितरण गरिएको मानवीय सेवामा अनेकौं प्रयास संस्थाका अध्यक्ष भक्तराज जोशीले बताए ।
अध्यक्ष जोशीले नेत्रेश्वरी माध्यमिक विद्यालयलाई एक थान कम्पुटर र प्रिन्टर उपलब्ध गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामबहादुर बिष्टले बताए ।