नेपालगन्ज । सशस्त्र प्रहरीले नेपालगन्जको सिमा नाकाबाट भारतबाट लुकाईछिपाई ल्याउदै गरेका अवैध सामाग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी बलको जयसपुर बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नर बहादुर सुनुवार राईको कमान्डमा गएको टोलीले गएराती साढे १० बजे भारतबाट ल्याउदै गरिएका २ लाख १९ हजार ५०० रुपैयाँ बराबरका अवैध सामाग्री बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।
सशस्त्र प्रहरी निरीक्षक सुनुवार राईको कमान्डको टोलीले मोटरसाइकलमा लाग्ने ५५ थान ब्याट्री,बजाज मोबिल २० थान, १ बोरा बच्चाको खेलौन,खसी ३ वटा,३ पोका पानको पात, मोटरसाइकलमा प्रयोग हुने २ थान हेडलाईट ,मोटरसाइकलको टेल्पाइनर १ सेट, मोटरसाइकलको भाइजर १ थान, मोटरसाइकलमा प्रयोग हुने मिटर कभर १ थान, र २० कार्टुन बल्भ जस्ता अवैध सामाग्री बरामद गरेको हो। बरामद गरिएका अवैध सामाग्रीलाई आजै भन्सार कार्यालय नेपालगन्ज पठाइएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।
त्यस्तै सशस्त्र प्रहरीको जमुनहा बिओपीले नेपालगन्जको वडा नम्बर १५ बाट अवैध सामाग्री बरामद गरेको छ। जमुनहा बिओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक जिवनलाल बुढाको कमान्डमा रहेको ७ जनाको टोलीले आइतबार बिहान ११ बजे नेपालगन्ज १५ स्थित टंकपसेरी गाउँबाट भारतबाट ल्याउदै गरेको अवैध सामाग्री बरामद गरेको हो।
सशस्त्र प्रहरीद्वारा बरामद गरिएका अवैध सामाग्रीमा कसमेटिक्स सामाग्री,मिक्सर, सुर्तीजन्य सामाग्री,पान लगायत हाडवेयरका सामाग्री रहेको सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले जानकारी दिएको छ।बरामद गरिएका १ लाख १७ हजार बराबर रुपैयाँ रहेको अवैध सामाग्रीलाई आबश्यक कारबाहीका लागि आजै भन्सार कार्यालय बुझाईएको सशस्त्र प्रहरीले जानकारी दिएको छ।