arrow

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक कात्तिक २७ गते

logo
रासस,
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
congress-party-offfice.JPG

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक यही कात्तिक २७ गते अपराह्न १ बजे बस्ने भएको छ। यसअघि कात्तिक २४ गतेका लागि निर्धारित केन्द्रीय समिति बैठक पार्टी उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला आफ्ना सुरक्षाकर्मीमा कोराना भाइरस संक्रमण देखिएपछि होम आइसोलेशनमा रहेकाले सारिएको थियो।

कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले केही दिनदेखि जारी पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी र केही केन्द्रीय सदस्यको बैठक पनि सहमतिमा आज सम्पन्न भएको जानकारी दिए।



लोकप्रिय समाचार
नयाँ