arrow

गौरीफन्टा नाका नजिकै डोकेबजारमा होल्डिङ्ग सेन्टरको स्थापना 

logo
किशोर तमाङ्ग,
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
dokebazar-holding-centre.jpg

कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र नेपाल भारत सिमावर्ती क्षेत्र गौरीफन्टा नाका नजिकै डोकेबजारमा पुनर्वास नगरपालिकाले औपचारिक रूपमा होल्डिङ्ग सेन्टरको स्थापना गरेको छ। लामो समयदेखि कैलालीको वर्चश्व रहँदै आएको सिमावर्ती नाका गौरीफन्टा केहि महिनाअघि मात्रै कञ्चनपुरको मातहतमा आएको थियो । 

कञ्चनपुरको मातहतमा आए पश्चात् अहिले स्थानीय नगरपालिकाले उक्त गौरीफन्टा डोकेबजार क्षेत्रमा भारतबाट फर्किरहेका र भारत गईरहेका नेपाली र गैर नेपालीहरूको गुनासो  सुन्ने र समस्या समाधान गर्ने काम भईरहेको छ ।

पुनर्वास नगरपालिकाका नगर प्रमुख जिवनराज थापाले एक कार्यक्रमका बीच डोकेबजारमा आइतबार युएस एडको सहयोग र निड्सको साझेदारीमा पुनर्वास नगरपालिकाले होल्डिङ सेन्टरको स्थापना गरेको हो ।

उद्घाटन कार्यक्रममै निड्स नेपालले साझेदारी परियोजना मार्फत पुनर्वास नगरपालिकालाई होल्डिङ्ग व्यवस्थापन गर्न आवश्यक पर्ने सामग्री  नगर प्रमुख थापालाई हस्तान्तरण गरेको थियो । 

होल्डिङ्ग सेन्टरको उद्घाटन गर्दै नगर प्रमुख थापाले नाकामा समस्या परेका नेपाली तथा भारतीय नागरिकलाई होल्डिङ्ग सेन्टरमा राखी उद्दार गरिने बताए ।

विगतका दिनहरूमा सिमावर्ती क्षेत्रमा नेपालीहरूले भोग्नुपरेको समस्यालाई मध्यनजर गर्दै उनले नाकामा ओहोरदोहोर गर्ने नेपाली तथा भारतीय जो सुकै नागरिकलाई कुनै किसिमको पनि दुःख हुन नदिन होल्डिङ्ग सेन्टरको स्थापना गरेको जिकिर गरे ।

होल्डिङ्ग सेन्टर उद्घाटन कार्यक्रममा पुनर्वास नेकपा नगर अध्यक्ष पदम पुजारा साथै नेकपा नगर सह इन्चार्ज कचन गिरी, पुनर्वास नगरपालिका प्रवक्ता भारमल सुनार र नेपाल सशस्त्र प्रहरी बल डोकेबजार त्यसैगरी पुनर्वास नगरपालिका वडा नम्बर ११ का अध्यक्ष तुलसी अर्याल, वडा सदस्यहरु र डोकेबजार व्यवस्थापन समितिका उपाध्यक्ष प्रदिप सिंह लगायतका व्यक्तिहरू उपस्थित भएका थिए ।



लोकप्रिय समाचार
नयाँ