arrow

सर्वसाधारणलाई लुट्दै वडाहरु, हकदार सिफारिसको १५ सय

logo
लोकेन्द्र बिश्वकर्मा, 
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
IMG_20201108_104643.jpg

जाजरकोट । जाजरकोट जिल्लाको छेडागाड नगरपालिका वडा नं  ११ झाप्राले सिफारिसबाट चर्काे शुल्क उठाएको खुलासा भएको छ ।  २०७७ साल कार्तिक मात्र राखेर गतेसमेत नराखी दिइएको बिलमा वडाले स्थानीय विष्णु खड्कालाई हकदार सिफारिस दिँदा एक हजार पाँच सय रुपैयाँ असुली गरेको हो । 

सामान्यतया गाउँपालिका, नगरपालिकाले हकदारको सिफारिस लिन २५० देखि ५०० रुपैयाँ सम्मको व्यवस्था स्थानीय निकायहरुले गर्दै आए पनि ११ नम्बर वडा  झाप्राले चर्का शुल्क असुली गर्दै आएको हो । 
सम्बन्धित निकाय, जिल्ला प्रशासन कार्यालय लगायत भने यसबारे बेखवर बनेका छन् ।

गाउँगाउँमा सिंहदरबार होइन शोषक दरबार आएको स्थानीयको गुनासो रहेको छ । एक स्थानीयले भने, ‘यो नगरको एउटा नमुना मात्र हो, नगरपालिकामा यस्ता थुप्रै कार्यहरु भइरहेका छन् ।
 

सामाजिक संजालमा आक्रोश 
यस्ता गतिविधिका कारण सामाजिक संजालहरुमा भने चर्को विरोध भइरहेको छ । फेसबुकमा ललित बस्नेत लेख्छन्, ‘लुटिखाने ठाउँ हो या जनताको हकहित ।’ 

यस्तै दिपेश ओली लेख्छन्, ‘वडाहरु या लुट्ने ब्यवसायी ।’ क. रिजार्ट लेख्छन्, ‘अब लुटेरै सक्ने भए ।’



लोकप्रिय समाचार
नयाँ