नवलपरासी पश्चिम । सशस्त्र प्रहरी नवलपरासी पश्चिमले साढे तीन किलोग्राम चाँदीका गरगहना र मूर्ति गेरमा अस्थायी सशस्त्र प्रहरी पोष्टले नियन्त्रणमा लिएको छ । विशेष सुराकीको अधारमा पाल्हिनन्दन गाउँपालिका वडा नं ५ चमनटोल दसगजा नजिकबाट चेकजाँच गर्ने क्रममा उक्त गहना र मूर्ति नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी गण नं २६ बेलासपुरका सूचना अधिकारी रोशन घिमिरेले जानकारी दिए ।
भारतबाट भन्सार छलि नेपाल ल्याउँदै गरेको चाँदीका गरगहना नियन्त्रणमा लिइएको हो । करिब तीन लाख भन्दा बढी मूल्य बराबरको रहेको उक्त गरगहना र मूर्ति आवश्यक कार्वावाहीको लागि महेशपर भन्सार पठाइएको गण नं २६ बेलासपुरका गणपति महेश अधिकारीले जानकारी दिए ।
सशस्त्र प्रहरीका एसपी अधिकारी नवलपरासीमा आएदेखि सिमामा कडा निगरानी बढाएका हुन् ।