काठमाडौं। विश्व बजारमा उत्पादनका आधारमा दोस्रो ठूलो ब्राण्ड टीसीएलले नेपालमा थप दुई नयाँ मोडलका टेलिभिजन नेपाली बजारमा ल्याएको छ। पछिल्लो समय नेपालमा टीसीएलका विद्युतीय उपकरणको माग बढ्दो भइरहेका बेलामा दुई नयाँ मोडलका टेलिभिजन ल्याएको टीसीएलले जनाएको छ। विगत तीन वर्षको तुलनामा टीसीएल एलइडी टिभीको माग ५० प्रतिशतले बढिरहेको अवस्थामा नेपालमा टीसीएल ब्राण्डका टेलिभिजनका साथै वासिङ मेसिन, एसी, चेष्ट फ्रिजर, वाटर डिस्पेन्सर, लगायतका उपकरणहरु चौधरी गु्रप अन्तर्गत इओएल प्रालिमार्फत नेपाली बजारमा बिक्री हुने गरेको छ।
सस्तो मूल्यमा स्मार्ट टिभीका लागि परिचित टीसीएलले फोर के स्मार्ट टिभी नेपालमा शुरु गरेको जनाएको छ। टीसीएल फोर के एन्ड्रोइड टिभी पूर्व स्थापित गरिएका फराकिलो दायराका ग्लोबल तथा स्थानीय एप्ससँग आउने इओएल प्रालिले जनाएको छ।
टीसीएलले नयाँ पी सेभेन वान फाइभ र पी सिक्स वान फाइभ मध्यम दायराका टिभी सिरिजहरु नेपाली बजारमा शुरु गरेको जनाएको हो। यस श्रेणीका सबै मोडलहरुमा फोर के रेसोलुसन स्क्रिन र एन्ड्रोइड टीभीको सफ्टवेयर रेहेको बताइएको छ । टीसीएलले केही पी सेभेन वान फाइभ र पी सिक्स वान फाइभ सिरिजमा हुने विशेषताहरु उल्लेख गरेको छ।
एओएलले जनाए अनु्सार यस्ता छन् दुई नयाँ मोडलका टेलिभिजनका विशेषताहरु, टीसीएल पी सेभेन वान फाइभ
- कम्पनीअनुसार टेलिभिजनहरु आर्टिफिसियल इन्टेलिजेन्सद्धारा संचालित हुन्छन्।
- फार फिल्ड भ्वाइस पनि पहिचान गर्नेछन् ।
- पहिलो प्रविधिले कोठा वरिपरि भएका आवाजको कमाण्ड समाउन चार वटा मोबाइल फोनको प्रयोग गर्छ । सोही कारण रिमोटको बटन प्रेस गर्ने जरुरत पर्दैन अथावा रिमोटमा आवाज दिनु पर्दैन ।
- यो विशेषता पहिलेको टीसीएलको टेलिभिजनमा समेत रहेको थियो । भ्वाइस कमान्ड दिन रुचाएका ग्राहकलाई यो धेरै सहज हुनेछ ।
- यो ७५ इन्च स्क्रिन साइजमा उपलब्ध छ ।
- प्रायः एन्ड्रोइड टिभीद्धारा संचालित टिभीमा जस्तै यो टिभीको विशेषता गुगल एसिसटेन्टसँग काम गर्नेछ ।
- प्रायः सबै टिभीहरु फोर के हुन्छन् र सम्भवतः एन्ड्रोइड टिभीको पहिलो अन्स्करण नाइन पीआईईमा संचालित हुनेछन् ।
- यसमा एचआरडी पनि हुन्छ ।
- हाइ डाइनामिक रेन्जका लागि एचडीआर टेन फम्र्याटमा रहेको छ ।
- ग्राहकले एप्स तथा गेम्स इन्स्टल गर्न चाहेमा यस एन्ड्रोइड टीभीमा रहेको गुगल प्ले स्टोरले मद्धत गर्नेछ ।
- टिभीका केही मोडलहरु भिडियो कलका लागि पप अप क्यामेरा सहित आएका छन् ।
- अडियो क्षमता बढाउनका लागि डल्बी अडियो सपोर्ट समेत टीसीएल पी सेभेन वान फाइभ टीभी सिरिजमा उपलब्ध छन् ।
टीसीएल पी सिक्स वान फाइभका विशेषताहरु
- यो ४३ इन्च र ५० इन्च स्क्रिन साइजमा उपलब्ध छ ।
- टीसीएल फोर के एन्ड्रोइड टीभी पूर्व स्थापित गरिएका फराकिलो दायराका ग्लोबल तथा स्थानीय एप्ससँग आउँछ ।
- फोर के एचडीआरसँग पी सिक्स वान फाइभले आश्चर्यजनक दृष्याबलोकनको अनुभव प्रदान गर्छ ।
- तस्वीरहरुमा अचम्म लाग्दो चमक, मनमोहक रङ्गहरु र बढाएको रिटेन्सन रहेका छन् ।
- पी सिक्स वान फाइभ एन्ड्रोइड अपरेटिङ सिस्टमसँग आउँछ ।
- भागका आधारमा फराकिलो दायराका प्लेटफर्म उपलब्ध हुन्छन् भने प्रयोगकर्ताहरुले थप गुगल प्ले स्टोरबाट डाउनलोड गर्न सकिने छ ।
- यसमा भएको गुगल असिस्टेन्टमार्फत प्रयोगकर्ताहरुले भ्वाइस कमान्डबाट टिभी कन्ट्रोल गर्न सक्नेछन् ।
- त्यसमा क्रोम कास्ट मार्फत प्रयोगकर्ताहरुले आफ्नो कुनै पनि डिभाइसमा भएका फोटोहरु, भिडियोहरु तथा गीतहरु पनि टिभीमा प्रशारण गर्न सक्नेछन् ।
- अप्टिमल कन्ट्रास्ट प्रदर्शन र कलर प्रस्तुतिकरणका लागि छिक्स वान फाइभमा अग्रिम एल्गोरिथिम्सहरुलाई समावेश गरिएको छ ।
- पी सिक्स वान फाइभ ले माइक्रो डिमिङ एल्ग्रोरिथिम्स प्रयोग विस्तृत प्रदर्शनका लागि गरेको छ । जसमा टिभी स्क्रिनका एक हजार भन्दा धेरै अंशहरु सही तरिकाबाट नियन्त्रित रहेका हुन्छन् ।
- पी सिक्स वान फाइभमा रहेको डाइनामिक कलर इन्ह्यान्समेन्टले प्रयोगकर्ताको प्रदर्शनमा रहेको भिडियो तथा फोटोहरु कम स्केलमा प्रदर्शन गरिदिन्छ ।
- यस टिभीमा रहेको अडियो क्षमता बढाउनका लागि डल्बी अडियो सपोर्ट विशेषताका कारण टीसीएल पी सिक्स वान फाइभ टिभी सिरिज उपलब्ध छन् ।