arrow

पेरिस मास्टर्स टेनिसको उपाधि मेदभेदेबलाई 

logo
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
daniel-medvedev.jpg

काठमाडौं । पेरिस मास्टर्स टेनिसको उपाधि रसियन टेनिस स्टार डानिल मेदभेदेबले  जितेका छन् । फ्रान्सको पेरिसमा आइतबार राति भएको फाइनलमा जर्मन खेलाडी एलेक्सजेन्डर जेभरेभलाई पराजित गर्दै मेदभेदेबले उपाधि जितेका हुन् । 

तेस्रो वरीयताका मेदभेदेबले चौंथो वरीयताका जेभरेभलाई ५–७,६–४ र ६–१ को सेटमा पराजित गरे । २४ वर्षीय मेदभेदेबको यो आठौं एटिपी उपाधि हो ।

सेमिफाइनलमा मेदभेदेबले क्यानेडियन खेलाडी मिलोस रावनिकलाई र जेभरेभले विश्व नम्बर एक स्पेनिश खेलाडी राफायल नाडाललाई पराजित गरेका थिए । 



लोकप्रिय समाचार
नयाँ