जनकपुरधाम। नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानको समुह सोमबार २ नम्बर प्रदेशको राजधानी जनकपुरधाम पुगेको छ। प्रदेश १ र २ का सबै मतदाताहरुसँग अन्तरकृया गर्ने उद्धेश्यका साथ सोमबार बिहान प्रधान सहितको टोली जनकपुरधाम पुगेको हो। जनकपुरधाम उद्योग वाणिज्य संघले प्रधानसहित जिल्ला नगर तर्फबाट उपाध्यक्षका उम्मेदवार दिनेश श्रेष्ठ र बस्तुगत उपाध्यक्षका उम्मेदवार अञ्जन श्रेष्ठलाई स्वागत गरेको हो।
जनकपुरधाम उद्योग वाणिज्य संघको आयोजनामा सोमबार नै आयोजना हुने अन्तरकृयात्मक कार्यक्रमलाई प्रधान सहित उपाध्यक्षका उम्मेदवारहरुले सम्बोधन गर्ने कार्यक्रम छ। अहिले कार्यक्रमस्थलमा महासंघको आगामी नेतृत्व चयनका सम्बन्धमा छलफल चलिरहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ २ नम्बर प्रदेशले कार्यक्रमलाई विशेष समर्थन जनाएको छ। चुनावी अभियानका दौरानमा कार्यक्रममा वरिष्ठ उपाध्यक्षका उम्मेदवार प्रधान तथा समुहलाई नै आफशनो लोकप्रिय मत दिएर नेतृत्वमा लैजाने प्रतिबद्धा कार्यक्रमका सहभागिहरुले जनाएका छन्। कार्यक्रममा सहभागि जिल्ला नगरका साथै समग्र व्यवसायीहरुले जिल्ला नगरको आशाको केन्द्र किशोर प्रधान र समुहमा रहेको भन्दै ढुक्क भएर अघि बढ्न सुझाव दिएका छन्।
कार्यक्रमका दौरान वरिष्ठ उपाध्यक्षका प्रत्यासी प्रधानले सबैलाई सम्बोधन गर्ने कार्यक्रम छ। एसोसियटतर्फका उपाध्यक्षका उम्मेदवार शौरभ ज्योति भने कोरोना संक्रमणका कारण उपचाररत भएकाले जनकपुरधाम पुग्न सकेनन्। जनकपुरधामको औपचारिक कार्यक्रमको समापन पश्चात प्रधान सहितको समुह बुटवल हुदै काठमाडौँ फर्कने कार्यक्रम छ।