arrow

केयर नेपालद्वारा करिब साढे तीन करोड रुपियाँ बराबरको फेसशिल्ड सरकारलाई हस्तान्तरण

logo
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
Care-donation.jpg

काठमाण्डौं। कोभिड १९को सङ्क्रमण बढेसँगै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगै केएर नेपाल पनि सुरुदेखिनै यस महामारीको नियन्त्रणमा होमिएको छ। यसै क्रममा केएर नेपालले समाज कल्याण परिषद्को सहयोगमा एलटिए रिसर्च मार्फत प्राप्त भएको रु ३,५०,०४,७१६.२५ बराबरको ५,००,००० फेससिल्ड  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तानतरण गरेको छ।

कोभिड १९को सङ्क्रमण बढेसँगै केएर नेपालले मन्त्रालयलाई स्वास्थ्य सामाग्री हस्तानतरण गर्नका साथै, द्रुत लैङ्गिक सर्वेक्षण, आफ्ना कार्यक्षेत्रमा होल्डिङ्ग सेन्टर \ क्वारेन्टाइन सेन्टर लाई सहयोग, खानेपानी तथा सरसफाई, खाद्य सामाग्री सहयोग, महिला स्वास्थ्य स्वयंसेविकालाई सहयोग, जोखिम सुचना तथा सामाजिक सहभागिता आदिजस्ता जोखिम न्यूनिकरण, पूर्वतयारी र प्रतिकार्यका काम गर्दै आएको छ। विगत ४२ वर्षदेखि विभिन्न रुपमा नेपाल सरकारको विकाश योजनामा साझेदारी गर्दै आएको केएर नेपाल हालको महामारीमा पनि सरकारको साझेदार रहेको छ।

सो अवसरमा माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री श्री नवराज रावतले, “हालको यस्तो महामारीको समयमा विभिन्न संघसंस्था र साझेदारहरुको सहयोग र समन्वयले नेपाल सरकारको कोभिड प्रतिकार्यलाई निकै सहयोग पुगेको छ। मन्त्रालयलाई र अझ विशेष गरी अग्रपङ्क्तीमा काम गर्ने सेवा प्रदायकहरुलाई विचार गरी गरिएको यो सहयोगका लागि केएर नेपाललाई धन्यवाद व्यक्त गर्दछु र समुदायसँग नजिक रहेर काम गर्ने केएर नेपाल जस्ता अन्तराष्ट्रिय संस्थाहरुलाई ग्रामिण र पुग्न गाह्रो समुदायहरुमा केन्द्रित रहन आग्रह गर्दछु।“ भने।

साथै समाज कल्याण परिषद्का सदस्य सचिव पुष्कर खातीले, “हालको महामारीको समयमा, प्रतिकार्य गर्न सरकारसँगै अरु साझेदारहरुको पनि उत्तिकै भूमिका छ र सरकारले यो कुरालाई स्विकार गर्दै आवश्यक सहयोग पनि गर्दै आएको छ। यही अवस्थालाई मध्यनजर गर्दै समाज कल्याण परिषद् र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले नेपालमा काम गर्ने अन्तराष्ट्रिय गैरसरकारी संस्थाहरुलाई सम्भव भएसम्म आफ्नो २०% बजेट कोभिड प्रतिकार्यका लागि छुट्याउन आग्रह गरेको थियो। केएर नेपालले कोभिड-१९ को प्रतिकार्य गर्न सरकारलाई, समुदायलाई र अग्रपङ्क्तीमा काम गर्नेहरुलाई सहयोग गर्दै आएको छ र हालका सामाग्री पनि अति आवश्यक भएको ठाऊँहरुमा पुगोस् भन्ने आशा र विश्वास गर्दछु।“ भन्दै आभार प्रकट गरेका छन्।

सरकारसँगको सहकार्यलाई समिक्षा गर्दै, केएर नेपालका राष्ट्रिय निर्देशक रेचल वोल्फले, “महामारीको यो समयमा रोग नियन्त्रण, रोकथाम र दिर्घकालीन पुनर्लाभका लागि सरकार, नागरिक समाज, विकाश साझेदारले मिलेर काम गर्न जरुरी छ। यस कुरालाई केएर नेपालले राम्रोसँग बुझी सरकारको होष्टेमा हैँसे गर्दै आएको छ र हालसम्म कोभिड-१९ प्रतिकार्य कार्यक्रम अन्तर्गत नै लगभग ४,००,००० व्यक्तिसम्म पुग्न सफल भएको छ। यसैक्रममा कार्यसम्पादनका क्रममा प्रक्रियाहरुलाई सहज बनाउन नेपाल सरकारका विभिन्न मन्त्रालय, विभागहरु र समाज कल्याण परिषदले गरेको सहयोगका लागि केएरको तर्फबाट धन्यवाद व्यक्त गर्न चहान्छु। “ भनिन्।

 



लोकप्रिय समाचार
नयाँ