पार्टी प्रवेश कार्यक्रममा व्यस्त जसपाका अधिकांश नेताहरु एकै पटक कोरोना संक्रमित
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
57
Shares
काठमाडौं। दशैं अघि जनता समाजवादी पार्टीका शिर्ष नेताहरु मधेसमा लगातार पार्टी प्रवेश कार्यक्रममा व्यस्त भए । न्युनतम स्वास्थ्य मापदण्ड पूरा नगरी पार्टीका कार्यकर्ताका भिड लगाइएको ति कार्यक्रममा सहभागी जसपाका शिर्ष नेताहरु दशैं पछि एकै पटक कोरोना संक्रमित भएका छन् । न्युनतम स्वास्थ्य मापदण्ड पूरा नगरी कार्यक्रम गरिएकोमा त्यतिखेर नै जसपाकै केही नेताहरुले प्रश्न उठाएका थिए तर शिर्ष नेताहरु थाहा नपाएको जस्तो गरी कार्यक्रममा व्यस्त रहे ।
दशैंपछि जसपाका संघीय परिषदका डा. अध्यक्ष बाबुराम भट्टराई र उनकी पत्नी हिशिला यमीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार आएको दोश्रो रिपोर्टमा पनि पोजेटिभ देखिएको डा. भट्टराईले दुईटरमा आफै घोषणा गरे। टुईटरमा उनले कोरनाविरुद्धको लडाइ लामो हुने संकेत देखिएको समेत बताएका छन् । जसपाका अर्का नेता राजेन्द्र महतो दशैको बेला विरामी थिए । उनी ५ दिनसम्म ग्राण्डी अस्पताल बसेका थिए । उनलाई पनि कोरोना संक्रमण देखिएको उनको पारिवारिक स्रोतले जनाएको छ । यसैगरी महेन्द्र यादव अहिले पनि होम आइसोलेसनमा छन् । मधेसबाट फर्केपछि जसपाका नेता अशोक राईलाई पनि कोरोना संक्रमण देखियो। उनी पनि अहिले होम आइसोलेसनमा छन् ।
यसविचमा सर्वेन्द्रनाथ शुक्ल, विर्खेशचन्द्र लाललाई पनि कोरोना संक्रमण पुष्टि भयो । रेणु यादव र उनका छोरा अभिषेक यादवलाई पनि पोजेटिभ देखियो । उनीहरु पनि अहिले होम आइसोलेसनमा छन् । जसपाका अर्का नेता शरत् सिंह भण्डारी लामोसमयसम्म विरामी भए । उनी करिब एक महिना काठमाडौ र करिब २ महिना लाहानमा होम आइसोलेसनमा बसे । उनलाई थाइराइडले समेत आक्रामण गर्यो । अहिलेको स्वास्थ्य सामान्य रहेको उनको पारिवारिक स्रोतले जनाएको छ ।
जसपाका अध्यक्ष महन्थ ठाकुर लामोसमयदेखि मुटुका रोगी हुन । उनले बेला बेलामा मुटुको फलोअप परिक्षण गर्ने गरेका छन् । पार्टीका शिर्ष नेताहरु एकै पटक विरामी भए पछि पार्टीका कार्यक्रमहरु प्रभावित भएका छन् । तर न्युनतम स्वास्थ्य मापदण्ड पूरा नगरी कार्यक्रम गरिएकोमा पार्टीकै नेता डा. सुरेन्द्र झाले चिन्ता व्यक्त गरेका छन् । उनले भने, यस्तो महामारीमा पार्टीका नेताहरु झन सचेत हुनुपर्ने हो । तर नेताहरुले नै हेलचेक्रयाई गरे पार्टीका कार्यकर्ताहरुले के सिक्ने ?’
न्युतम स्वास्थ्य मापदण्ड पूरा नगरी लगातार कार्यक्रम गरिएकोमा पार्टीकै एक नेताले ‘के जसपाका नेताहरुलाई कोरोना लाग्दैन ? भनी व्यङग्य गरेका थिए ।