काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले आर्थिक वर्ष २०७६/०७७ को पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । शिवम् सिमेन्टले कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथा वेबनारमार्फत समेत सहभागिता जनाई साधारण सभा सम्पन्न गरेको हो ।
कम्पनी संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. ४ अर्व ४० करोड को २४.२१ (चौविस दशमवलव दुई एक) प्रतिशत का दरले शेयरधनीहरुलाई नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । सभाले आ.व. २०७७।०७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न साधारण सभामा शेयरधनीहरुको सक्रियतापूर्वक सहभागिता रहेको थियो । सभामा शेयरधनीहरुले व्यक्त गर्नु भएका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरुलाई सञ्चालक समितिको तर्फबाट अध्यक्ष गोयलले जवाफ दिएका थिए।
सहभागि शेयरधनीहरुले कम्पनीले कोरोना कहरका बीचमा पनि नेपाल सरकारले तोकेका सबै स्वाथ्य सुरक्षा मापदण्ड र प्रोटोकलको पूर्ण पालना गर्दै वेबनारमार्फत समेत सहभागि गराई समयमै साधारण सभा सम्पन्न गरी शेयरधनीहरुमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै कम्पनीको समग्र लक्ष्य हासिल गर्न सहज होस् भन्ने लगायतका शुभकामना दिएका थिए ।
सहभागि शेयरधनीहरुको सल्लाह, सुझाव तथा सुभेच्क्षाले गर्दानै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको कम्पनीका कार्यकारी अध्यक्षले गोयलले बताएका थिए ।
कम्पनीका कार्यकारी सञ्चालक रघुनन्दन मारुले कम्पनीको पाँचौं बार्षिक साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउने सबै शेयरधनीहरु लगायतका सबैलाई धन्यवाद ज्ञापन गरेका थिए।