arrow

सुनको मुल्य ३ हजार ४ सयले घट्यो

logo
रासस,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
gold.jpeg

काठमाडौं। पहेँलो धातु सुनको मूल्य ओरालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ओरालो लाग्दा त्यसको प्रभाव नेपाली बजारमा समेत परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनमा प्रतितोला रु तीन हजार ४०० ले ओरालो लागेको छ ।

सोमबार प्रतितोला रु ९८ हजार २०० मा कारोवार भएको छापावाल सुन आज रु ९४ हजार ८०० मा कारोवार भएको छ । महासङ्घका अनुसार तेजाबी सुनको मूल्य प्रतितोला रु तीन हजार ४०० ले घटेको छ । सोमबार प्रतितोला रु ९७ हजार ७०० मा कारोवार भएको तेजाबी सुन आज प्रतितोला रु ९४ हजार ३०० मा कारोवार भएको छ ।

यस्तै, चाँदीको मूल्य प्रतितोला रु ७० ले घटेर रु एक हजार २१५ मा कारोवार भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला रु एक हजार २८५ कारोवार भएको थियो ।



लोकप्रिय समाचार
नयाँ