arrow

बर्दियाका कोरोना संक्रमित ३२ बर्षीय पुरुषको नेपालगञ्जमा मृत्यु

logo
सौरभ गिरी,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
corona-death-jhapa.jpg

नेपालगञ्ज । बर्दियाका कोरोना संक्रमित पुरुषको नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।

बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ८ का ३२ बर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

सोमबार  मात्रै बर्दियाका २ जना र दाङका एक जनाको बाँकेमा उपचारका क्रममा कोरोना संक्रमणबाट मृत्यु भएको थियो । यो संगै बाहिरी जिल्लाबाट बाँकेमा उपचारका लागि आएका ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।



लोकप्रिय समाचार
नयाँ