arrow

रसुवामा कोभिड संक्रमण घट्दै

logo
रासस,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
corona-virus-awareness.jpg

रसुवा। पछिल्लो चरणमा जिल्लामा कोभिड–१९ को संक्रमण घट्दै गएको छ। हालसम्म संक्रमित कुल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन्। रोगबाट सुरक्षित रहन समयसमयमा स्वास्थ्यकर्मीले दिएको सुझावअनुसार स्थानीय नागरिकले अपनाएको पूर्वसावधानीबाट दशैंपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत किरण श्रेष्ठले जानकारी दिए।

हालसम्म एक हजार ५१४ जनाको स्वाब परीक्षण गराउने काम सम्पन्न गराइसकिएको  बताइएको छ। साबुनपानीले हातधुने, मुखमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कामलाई निरन्तरता दिइराख्न र स्वास्थ्यमा कुनै लक्षण आउनासाथ नजीकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसंग तुरून्तै सम्पर्क राख्न रसुवालीसमक्ष आग्रह गरिएको अधिकृत श्रेष्ठले बताए।

यसैबीच प्रा डा गोविन्द केसीले रसुवाको स्वास्थ्य संस्थामा गई स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षण गरेका छन्। रसुवा अस्पताल धुञ्चेका अनुसार तीन दिनदेखि प्रा डा केसीले विशेष गरी हाडजोर्नीमा समस्या आएका बिरामीको परीक्षण गरिरहेका छन्। प्रा डा केसीले सयौँ बिरामीको रोग परीक्षण गरेको तथा तथा परामर्श दिएको बताइएको छ। स्थानीय नागरिकको सेवाका लागि हालसम्म छ पटक रसुवा पुग्नुभएका प्रा डा केसी यही कात्तिक २६ सम्म जिल्लामा रहेने छन्।



लोकप्रिय समाचार
नयाँ