arrow

संचारकर्मी रवि लामिछाने दम्पत्ति कोरोनामुक्त, भन्छन् –सोचेझै कोरोना रैनछ

logo
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
rabi-lamichhane-nikita-poud.jpg

काठमाडौं । संचारकर्मी रवि लामिछाने दम्पत्ति कोरोनामुक्त भएको छ । लामिछानेले मंगलबार बेलुकी सामाजिक संजाल ट्वीटरमार्फत दुवै जना कोरोनमुक्त भएको जानकारी दिएका हुन् । 

गत कार्तिक १३ गते बिहान उनले ट्वीटरबाटै आफू र उनकी पत्नी चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल संक्रमित भएको जनाएका थिए । 

उनले यसपटक लेखेका छन्, ‘१४ दिन पछि हामी दुबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । विभिन्न माध्यमबाट स्वास्थ्य लाभको कामना गर्नुहुने सम्पूर्णमा एकमुष्ठ धन्यवाद छ। निरन्तर सल्लाह प्रदान गरिदिनु हुने जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे तथा डा. विश्वनाथ कोइराला (ॐअस्पताल) प्रति आभार प्रकट गर्दछौं। सोचे झै कोरोना रैनछ।’

उनले आफू संक्रमित हुँदा भने उनले लेखेका थिए, ‘केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौं । धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौं ।’

संचारकर्मी रवि लामिछाने कोरोना संक्रमित 



लोकप्रिय समाचार
नयाँ