काठमाडौं। नेपालसँग सीमा जोडिएको भारतको विहारमा भएको चुनावमा सत्तारुढ गठवन्धन विजयी भएको छ । भारतीय जनता पार्टी र जनता दल युनाइटेड जेडीयूको गठवन्धनले विहारमा चौथो पटक सरकार बनाउने गरि जीत निकालेको हो । चुनावी मतसर्वेक्षणहरुलाई गलत सावित गर्दै एनडीए गठवन्धन सरकार बनाउने अवस्थामा पुगेको हो। सबै सर्वेक्षणहरुले विहारमा आरजेडीको नेतृत्वमा सरकार बनाउने देखाइएको थियो ।
विहारका भारतीय जनता पार्टीले गरेको पत्रकार सम्मेलन विहारका उपमुख्यमन्त्री शुसिल मोदीले एनडीए गठवन्धनले स्पष्ट बहुमत प्राप्त गरेको उल्लेख गर्दै नितिश कुमारको नेतृत्वमा सरकार बनाउने जनाएको छ । बहुमतका लागि चाहिने १२२ भन्दा बढी अर्थात सीटमा १२५ मा एनडीएले चुनाव जीतेपछि भाजपाले एनडीए गठवन्धनले सरकार बनाउने दावी गरेको हो ।
अघिल्लो चुनावमा भन्दा नितिश कुमारको जनता दल युनाइटेडले खराब प्रदर्शन गरेपनि भाजपाले भने चुनावी नतिजा राम्रो निकालेको छ । गठवन्धनमा जनता दल युनाइटेड भन्दा दोस्रो तहको भूमिकामा रहेको भाजपा अब भने गठवन्धनको प्रमुख दल भएको छ ।
राष्ट्रिय जनता दल आरजेडी र कांग्रेसको गठवन्धनले भने ११० सीटमा जीतेको छ । यद्यपी विहारको ठूलो दलको रुपमा भने ७५ सीटमा बिजयी हुँदै आरजेडी नै अगाडी आएको छ । त्यसपछि ७४ सीटमा जीट्ट निकाल्दै भाजपा दोस्रो ठूलो दलको रुपमा आएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहारमा एनडीएले चुनाव जीतेकोमा विहारका जनता र एनडीए गठवन्धनलाई बधाई दिएका छन् । विहारका लागि भाजपाका चुनाव प्रभारी देवेन्द्र फण्नविसले ट्वीट गर्दै विहारले जंगलराज नचाहेको प्रष्ट सन्देश दिएको बताए। विजेपीले आफ्नो केन्द्रीय मुख्यालय दिल्लीमा प्रधानमन्त्री मोदीको उपस्थितिमा विजयउत्सब मनाउने तयारी गरेको छ।