arrow

इन्डियन प्रिमियर लिगः मुम्बई पाँचौं पटक च्याम्पियन, हार्यो दिल्ली

logo
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
ipl-mumbai-champion.jpg

काठमाडौं । मुम्बई इण्डियन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा सर्वाधिक सफल टिमको रेकर्डलाई अझै बढी फराकिलो बनाएको छ । मुम्बईले पाँचौं उपाधि जित्न सफल भएको छ । युएईमा सम्पन्न १३ औं संस्करणको उपाधि जित्दै मुम्बई सर्वाधिक सफल टिम बनेको हो । 

युएईको दुबईमा मंगलबार राति भएको फाइनलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै मुम्बई च्याम्पियन बनेको हो । दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा दिल्लीले दिएको १ सय ५७ रनको लक्ष्य मुम्बईले १८.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो ।

मुम्बईलाई जिताउन कप्तान रोहित शर्माले ५१ बलमा ६८ रन बनाए । यस्तै इशान किसनले नटआउन ३३ रन जोडे । दिल्लीका एनरिच नोर्टजेले २ तथा मार्कुस स्टोनिस, कागिसो राबडाले १–१ विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ७ विकेटको नोक्सानीमा १ सय ५६ रन बनाएको थियो । कप्तान श्रेयस आयरले ६५ तथा ऋषब पन्तले ५६ रन बनाए । 

२२ रन जोड्दा ३ विकेट गुमाएर खराव सुरुआत गरेको दिल्लीका लागि आयर र पन्तले चौथो विकेटका लागि ९६ रनको साझेदारी गरेका थिए । मुम्बईका ट्रेन्ट बोल्टले ३ विकेट लिए । नाथन कल्टरजयन्त यादबले १–१ विकेट लिए ।

मुम्बईले यसअघि सन् २०१३, १५, १७ र १९ मा उपाधि चुमेको थियो । सन् २००८ देखि शुरु भएको आईपीएलमा मुम्बईपछिको सफल टिम चेन्नई सुपर किंगस हो । यसपालि पहिलो चरणबाटै बाहिरिएको चेन्नईले ३ पटक उपाधि जितेको छ । 

दिल्ली पहिलो पटक फाइनलमा पुगेको थियो । 



लोकप्रिय समाचार
नयाँ