arrow

इन्डियन प्रिमियर लिगः यी हुन् १३ औं संस्करणमा सर्वोत्कृष्ट खेलाडीहरु 

logo
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
ipl-jofra.jpg

काठमाडौं । युएईमा सम्पन्न १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट मंगलबार राति सम्पन्न भएको छ । पाँचौं पटक मुम्बईले उपाधि जितेको छ । आईपीएलको सर्वाधिक सफल टिम मुम्बईले फाइनलमा दिल्ली क्यापिटल्सलाई हराएर उपाधि जितेको हो । पहिलो पटक फाइनल खेलेको दिल्ली फाइनलमा ५ विकेटले पराजित भयो । 

को को भए सर्वोत्कृष्ट खेलाडीहरु ? 
–मुम्बईका ट्रेन्ट बोल्ट प्लेयर अफ द फाइनल चुनिए । उनले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिएका थिए । 

–राजस्थान रोयल्सका बलर जोफ्रा आर्चर मोस्ट भ्यालुएबल प्लेयर घोषित भएका छन् । उनले १४ खेलमा २० विकेट लिएका थिए भने ११३ रन बनाएका थिए । 

–किंगस इलाभेन पञ्जाबका कप्तान लोकेश राहुलले ओरेन्ज क्याप जितेका छन् । सबैभन्दा बढी रन बनाउने खेलाडीलाई यो उपाधि दिइन्छ । राहुलले १४ खेलमा ६७० रन बनाएका थिए । 

–दिल्लीका बलर कागिसो रबाडाले पर्पल क्याप जितेका छन् । उनले १७ खेलमा सबैभन्दा बढी ३० विकेट लिए । 

–मुम्बईका केइरन पोलार्डले सुपर स्ट्राइकर अवार्ड र बोल्टले पावर प्ले अवार्ड जिते ।

–इमर्जिङ प्लेयर अवार्ड देबदुत पडिकलले जिते । 

–गेम चेन्जर अवार्ड पञ्जाब कप्तान केएल राहुलले जिते ।

–मोस्ट सिक्स अवार्ड मुम्बईका इशान किसानले जिते । 



लोकप्रिय समाचार
नयाँ