काठमाडौं । भारतमा कोरोना भाइरसका सक्रिय संक्रमित चार लाखको आँकडामा झरेका छन् । दैनिक थपिने संक्रमित भन्दा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमित घट्दै गएका हुन् । हाल सक्रिय संक्रमित ४ लाख ९४ हजार ४१५ जना रहेका छन् । यो संख्या डेढ महिना अघिसम्म १० लाख २० हजार रहेको थियो ।
मंगलबार ४४ हजार ७२४ संक्रमित थपिए । हालसम्म भारतमा संक्रमित हुनेको संख्या ८६ लाख ३५ हजार ७५४ पुगेको छ । मंगलबार ५४ हजार ६३९ जना कोरोनामुक्त भए । कोरोना मुक्त हुनेको संख्या ८० लाख ११ हजार ८४४ पुगेको छ ।
मंगलबार ५११ जनाले ज्यान गुमाए । अहिलेसम्म भारतमा कोरोनाबाट १ लाख २७ हजार ६१५ जनाको ज्यान गएको छ ।
मंगलबार सबैभन्दा बढी दिल्लीमा ७ हजार ८३० संक्रमित थपिए । सबैभन्दा बढी मृत्यु महाराष्ट्रमा ११० जनाको भएको छ भने दिल्लीमा ८३ जनाले ज्यान गुमाए ।
हालै चुनाव भएको बिहारमा ७९८ जनामात्र संक्रमित थपिँदा ५ जनाले ज्यान गुमाए ।