काठमाडौं । नेपाल लोकतान्त्रिक अपांग संघका केन्द्रीय अध्यक्ष भोजराज श्रेष्ठलाई मातृशोक परेको छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका श्रेष्ठकी आमा चन्द्रकुमारीको मंगलबार दिउँसो निधन भएको हो ।
सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका ३ निवासी ९२ वर्षिया चन्द्रकुृमारी पछिल्लो समयमा बिरामी थिइन् । चन्द्रकुमारीका पाँच छोरा र पाँच छोरी रहेकामा एक छोराको भने निधन भइसकेको छ ।
उनको १९८५ साल पुस १० गते जन्म भएको थियो । भोजराजका बाबुको पनि निधन भइसकेको छ ।