काठमाडौं । भारतको राज्य बिहारमा नीतिश कुमार सातौं पटक मुख्यमन्त्री बन्दैछन् । उनलाई मुख्यमन्त्रीका रुपमा अगाडि सारेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले बहुमत ल्याएसँगै उनी सातौं पटक मुख्यमन्त्री बन्न लागेका हुन् ।
लालुप्रसाद यादव र उनकी पत्नी रावडीदेवीको नेतृत्व खोस्दै नीतिश कुमार निरन्तर बिहारमा राज गर्न सफल भइरहेका छन् । एनडीएले २४३ मध्ये १२५ सिट ल्याएको छ भने लालुका छोरा तेजश्वीलाई अगाडि सारेको महागठबन्धनले ११० सिटमात्र जित्न सक्यो ।
नीतिश कहिले बने मुख्यमन्त्री ?
उनले सबैभन्दा पहिले सन् २००० को ३ मात्रमा पहिलो पटक मुख्यमन्त्रीको सपथ लिएका थिए । तर बहुमत नभएसँगै उनले केबल सात दिनमात्र सरकार टिकाउन पाए ।
उनी दोस्रो पटक सन् २००५ को २४ नोभेम्बरमा दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिए ।
तेस्रो पटक उनले २०१० को २६ नोभेम्बरमा सपथ लिएका थिए ।
चौथो पटक सन् २०१५ को २२ फेब्रुअरीमा उनी मुख्यमन्त्रीको सपथ लिन सफल भए ।
पाँचौं पटक राजदसँग गठबन्धन गरेर उनले मुख्यमन्त्रीको सपथ लिए ।
राजदसँग सम्बन्ध तोडेर उनले सन् २०१७ को जुलाई २७ मा भाजपासँग गठबन्धन गरेर छैटौपटक नीतिश कुमारले मुख्यमन्त्रीको सपथ लिए ।
अहिलेसम्म उनी नै मुख्यमन्त्री छन् र फेरि पनि मुख्यमन्त्री बन्ने छन् । नीतिशले यो अन्तिम पटक चुनाव लडेको बताएका छन् । अथवा उनी सातौं पटक मुख्यमन्त्री भएपछि अर्को पटक लड्ने छैनन् ।