arrow

चीनले नेपाली भूमी मिचेको कुरा उठाउने सांसद जीवन शाही बिरूद्ध उत्रियो चिनियाँ मुखपत्र

अदृश्य शक्तिको डर र धम्कीले पछि नसर्ने शाहीको प्रतिबद्धता

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
jivan-shahi-press-realese-g.jpg

काठमाडौंI नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश सभामा प्रमुख बिपक्षी दलका नेता जीवन बहादुर शाहीले चीन सरकारलाई नेपाली भुमी अतिक्रमण नगरेको प्रमाण पेस गर्न चुनौती दिएका छन्। चीनले नेपाली भूमी मिचेको बिषय उजागर गरेका शाहीबिरुद्ध उल्टै आरोप लगाउँदै चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र ग्लोबल टाइम्सले समाचार प्रकाशित गरेपछि शाहीले त्यसको खण्डन गर्दै चीन सरकारलाई नेपाली भुमी अतिक्रमण नगरेको प्रमाण पेस गर्न चुनौती दिएका हुन् ।  

ग्लोबल टाइम्सलाई उद्धृत गर्दै केहि नेपाली मिडियाले पनि समाचार प्रकाशित गरेपछि सांसद शाहीले बिज्ञप्ति जारी गर्दै चीन सरकारलाई नेपाली भुमी अतिक्रमण नगरेको प्रमाण पेस गर्न चुनौती दिएका छन्। शाहीले चुनौती दिदै भनेका छन्, 'कुनै भुमी अतिक्रमण नगरेको प्रमाण पेश भएमा जुनसुकै सजाय भोग्न तयार छु।' ग्लोबल टाइम्सले लगाएका आरोपमा कुनै सत्यता नरेकाले उल्लेख गर्दै शाहीले यस्ता प्रोपोगण्डाको कुनै भ्रममा नपर्न आग्रह गरेका छ्न्। 

नेपालको आफ्नो भूमी रक्षाका लागि अदृश्य शक्तिको डर र धम्कीले आफू पछाडि नसर्ने प्रतिबद्धता शाहीले ब्यक्त गरेका छ्न्। साथै उनले आम नागरिकलाई आफ्नो भुमीको रक्षाका लागि सुरु गरिएको अभियानमा साथ दिन अनुरोध पनि गरेका छ्न्।



लोकप्रिय समाचार
नयाँ