काठमाडौं । अमिताभ बच्चन बलिउडका महान सुपर स्टार हुन् । तर तिनै अमिताभको चलचित्र पनि लामो समयदेखि रिलिज नभएर थन्किएर बस्नु परेको पढ्दा कस्तो लाग्ला ।
त्यस्तै भएको छ । बच्चनको सन् २०१२–१३ मा शुटिङ भइसकेको उनको फिल्म ‘सुबाइट’ अहिलेसम्म रिलिज भएको छैन । सात वर्षदेखि फिल्म रिलिजको प्रतिक्षामा छ । सुजित सरकारको निर्देशनमा बनेको उक्त फिल्मको शीर्षक पहिले ‘जोनि वाकर’ थियो । यो फिल्म हलिउड निर्माता एम नाइट ह्यामलनको कथा ‘लेबर अफ लब ब्वाइ द सिक्स्थ सेन्स’ माथि आधारित छ ।
तर स्टुडियोज परसेप्ट पिक्चर्स र युटीवीको बीच कानुनी उल्झन भइरहँदा यो फिल्म रिलिज हुन नसकेको बताइएको छ । फिल्ममा अमिताभ बच्चनसँगै सारिक, जिमी शेरगिल र दिया मिर्जा मूख्य भूमिकामा छन् ।