जाजरकोट । जाजरकोटमा नेपाली सेनाका एक अमलदारको मृत्युु भएको छ । बुधवार राती भेरी नगरपालिका ४ स्थित खहरे खोलादेखि २ सय मिटर अगाडि बोहरा भीरबाट मालिका ब्यारेक फर्कने क्रममा सेनाका अमलदार निर्मल बोहराको भीरबाट लडेर मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।
घर विदामा कञ्चनपुर गएका अमलदार बोहरा बुधबार आउँदै गरेको जानकारी गराएको ब्यारेकले जनाएको छ । बेलुका ब्यारेक पुगेका अमलदार बोहराले मादक पदार्थ सेवन गरेको भन्दै सेनाको चेक पोष्टमा निषेध गरिएको थियो ।
भीरको बाटो रातीको समयमा ब्यारेक जादै गर्र्दा लडेर घाईते अबस्थामा पुगेका बोहरालाई स्थानिय यातायात ब्यवसायीले उद्धार गरेर जिल्ला अस्पताल पु¥याएका थिए । केही समयपछि चिकित्सकले मृत घोषणा गरिदिएको प्रहरीले जनाएको छ ।