प्रभु बैंकको 'क्यूआर क्यास स्क्यान' सेवा सञ्चालनमा
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
278
Shares
प्रभु बैंक लिमिटेडले सम्पूर्ण मोवाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई लक्षित गर्दै 'क्यूआर क्यास स्क्यान' गरी नगद झिक्न मिल्ने नयाँ सेवा सञ्चालनमा ल्याएको छ। यो सेवा अन्य बैंकका मोवाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले समेत उपभोग गर्न सक्ने कम्पनीले जनाएको छ।
यो नेपाली बैंकिङ्ग इतिहासमा नबिनतम् प्रयोग हो। यो सेवा बैंकका सम्पूर्ण शाखा कार्यालयहरुका नगद काउण्टरहरुबाट सहजरुपमा उपलब्ध हुनेछ। यसबाट नगद झिक्नको चेक तथा एटिएम कार्ड बोक्ने झण्झटबाट ग्राहकहरु मुक्त हुनु कम्पनीको भनाई छ।
बैंकले सञ्चालनमा ल्याएको यस नबिनतम् सेवाबाट ग्राहक वर्गले पर्याप्त लाभ उठाउने बैंकले विश्वास लिएको छ।