विश्वभर पाँच करोड १९ लाखभन्दा बढी व्यक्ति कोभिड–१९ सङ्क्रमित
सिन्ह्वा,
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
116
Shares
बेइजिङ। विश्वभर पाँच करोड १९ लाख ७५ हजारभन्दा बढी व्यक्ति कोभिड–१९ बाट सङ्क्रमित भएको जोन हकिन्स विश्वविद्यालयद्वारा संकलन गरिएको तथ्याङ्कमा उल्लेख छ। सबैभन्दा बढी अमेरिकामा एक करोड ३८ लाख चारहजारभन्दा बढी सङ्क्रमित रहेका छन् भने भारतमा ८६ लाख ३६ हजारभन्दा बढी सङ्क्रमित रहेका छन्।
अमेरिका र भारतपछि बढी सङ्क्रमित भएका मुलुकहरूमा क्रमशः ब्राजिलमा करिब ५७ लाख, फ्रान्समा १९ लाख १४ हजार, रूसमा १८ लाख, स्पेनमा १४ लाख, अर्जेन्टिनामा १२ लाख, बेलायतमा १२ लाख र कोलम्बियामा ११ लाख र इटालीमा १० लाखभन्दा बढी सङ्क्रमित रहेका छन्।
अमेरिकामा दुई लाख ४७ हजार ३९८, ब्राजिलमा एक लाख ६३ हजार ४०६ र भारतमा एक लाख २८ हजार १६५ व्यक्तिको मृत्यु भइसकेको छ। फ्रान्स,स्पेन, इटाली, बेलायत, मेक्सिको अर्जेन्टिना, जर्मनीलगयतका मुलुकमा पनि कोभिड–१९ सङ्क्रमित हजारौँ व्यक्तिको मृत्यु भएको छ।