arrow

कार्यकर्ता टिकाउन नसकेपछि झुठको खेती गर्दै नेकपा, पूर्व माओवादी र एमालेलाई समेट्दै 

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
ncp-flag.jpg

प्यूठान । सत्ता संचालन गरिरहँदा जब गल्ती हुन्छ त्यसले गर्दा आफ्नै कार्यकर्ता पनि रुष्ट भएर पार्टी छाड्छन् भन्ने प्रमाण यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताले देखाएको वितृष्णबाटै स्पष्ट हुन्छ । केपी शर्मा ओली नेतृत्वको सरकारले जनचाहना अनुसार काम नगरी भ्रष्टाचारलाई बढावा दिएपछि धमाधम कार्यकर्ताले पार्टी छाडिरहेका छन् । 

धमाधम पार्टी छाडेर बेइज्जत नै हुन थालेपछि नेकपाका नेताहरुले झुठा सूचनासमेत सम्प्रेषण गर्ने गरेको पाइएको छ । नेकपाले शनिवार प्यूठानमा २ सय २० जना नेपाली कांग्रेस र राप्रपाबाट अ‍ाफ्नो पार्टीमा प्रवेश गरेको बताएको थियो । प्यूठानको बाग्दुलामा पार्टी प्रवेश कार्यक्रम भएपनि कांग्रेसको एक जना पनि क्रियाशील सदस्य नेकपामा प्रवेश नगरेको नेपाली कांग्रेस प्यूठानले जनाएको छ ।

पछिल्लो पटक युथ फोर्सका पूर्व केन्द्रीय सदस्य विष्णु पाण्डे लगायतका युवाहरु भने नेपाली कांग्रेसमा प्रवेश गरेपछि नेकपाले पूर्व एमाले र पूर्व माओवादी कार्यकर्तालाई नेकपामा प्रवेश गराएर पार्टीभित्रै कार्यकर्ता संरक्षण गर्न खोजेको उल्लेख गर्दै नेपाली कांग्रेस प्यूठानका सचिव देवेन्द्र बर्माले आफ्नो पार्टीको एक जना पनि क्रियाशील सदस्य नेकपामा प्रवेश नगरेको बताए । 

उनले कांग्रेस क्रियाशील सदस्यको विवरण वडादेखि केन्द्रसम्म हुने र यो नेपाली कांग्रेसको वेबसाईटमा पनि खुला हेर्न सकिने बताउँदै बाग्दुलाको पार्टी प्रवेश कार्यक्रममा एक जना पनि नेपाली कांग्रेसको क्रियाशील सदस्य प्रवेश गरेको भए पुष्टि गर्न चुनौती दिए ।

पछिल्लो समयमा प्यूठानमा युवाहरुको कांग्रेसमा आकर्षण बढ्न थालेपछि नेकपाले यस्ता भ्रमपूर्ण तथा नक्कली कार्यक्रम गरी आफ्ना कार्यकर्ता रोक्न खोजेको प्रष्ट भएको कांग्रेस जिल्ला सभापति अमर भण्डारीले बताए । 

जिल्लाका ६४ वटै वडामा अहिले नेकपाका पदीय जिम्मेवारीमा रहेका नेता कार्यकर्ता भटाभट कांग्रेसमा प्रवेश गर्न थालेपछि आफ्नै पार्टी (पूर्व माओवादी र पूर्व एमाले) का कार्यकर्तालाई नेकपामा प्रवेश गराएर कार्यकर्तालाई ढाडस दिनमात्र खोजेको अनुभूति भएकोसमेत कांग्रेस सभापति भण्डारीले बताए ।



लोकप्रिय समाचार
नयाँ