arrow

र्‍यापमा अर्थ खोज्दै निर्जन

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
rap-artha.jpg

काठमाडौं । केही वर्षदेखि अष्ट्रेलियामा रहेका निर्जन रिजाल र उनको समूहका सदस्यले ‘अर्थ’ शीर्षकमा नयाँ भिडियो सार्वजनिक गरेका छन् । जसमा र्‍याप शैलीले प्राथमिकता पाएको छ । यसमा तन्नेरीहरुका लागि जीवन–वोधको आग्रह गरिएको छ।

पछिल्लो समय युवा गायकहरुको मन र्‍यापले तानिरहेको छ । देशभित्रबाट मात्र होइन अध्ययन र रोजगारीको सिलसिलामा विदेशमा रहेका युवाले पनि र्‍याप गीत लेख्न, कम्पोज गर्न र गाउन थालेका छन् । त्यसकै उदाहरण हो निर्जनको र्‍याप ।

उनले भने, ‘हामीले यसअघि छोटा फिल्म बनाइरहेका थियौं, केही स्टेज प्रस्तुतीहरु दिँदै आइरहेका थियौं, तर यसपटक युवा पुस्ताले मन पराउन थालेको आधुनिक संगीतको एउटा विधा रोज्यौं ।’  

यो कस्तो खालको र्‍याप हो त ? रिजाल भन्छन्, ‘कतिपय र्‍याप गीतहरु हेर्नेखालका बनाइएका हुन्छन् तर हामीले यसलाई सुन्ने र अनुभूत गर्ने प्रकारको बनाउने प्रयत्न गरेका छौं ।’  

सेरप म्युजिक प्रोडक्सनले ल्याएको अर्थमा निर्जनलाई सन्तोष अधिकारीले आवाजमा साथ दिएका छन् । र्‍यापमा संगीत संरचनाभन्दा बढी शाब्दिक प्रहारलाई केन्द्रमा राखिएको हुन्छ। आक्रोशको अभिव्यक्ति यो संगीतको मूल चरित्र मानिन्छ। 

निर्जन आफैँले निर्देशन गरेको र निशाल सिलवालको अभिनय रहेको यो गीतमा भने युवाहरुले बाँचिरहेको समय र सोचलाई हस्तक्षेप गर्न खोजिएको छ। 

समकालमा युवाहरुका कृत्रिम चाहना, ढोंग र अर्थहीन सपनाहरुले उनीहरुको जीवन अस्तित्वपूर्णभन्दा खोक्रो रहेको आशय गीतमा अभिव्यक्त छ। 



लोकप्रिय समाचार
नयाँ