arrow

डा चन्द्र भण्डारीद्धारा रमेश प्रसाई, कृष्ण कडेंल र इन्द्रेणी कार्यक्रमको खुलेर प्रशंसा 

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
chandra-bhandari-congress.jpg

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय संसद एवं पूर्व सांसद डा. चन्द्र भण्डारीले चर्चित लोकदोहोरी कार्यक्रम इन्द्रेणीले नेपालको कला र सेवाको क्षेत्रमा ठूलो योगदान गरेको भन्दै खुलेर प्रशंसा गरेका छन् । राजनीतिलाई सेवाको रुपमा अँगाल्नु पर्नेमा जोड दिँदै आएका डा. भण्डारीले नेपाली संस्कृति र महत्वलाई संरक्षण र विकासको लागि ईन्द्रेणी कार्यक्रमले गरेको काम प्रति आफू नतमस्तक रहेको उल्लेख गरेका छन् । 
 
एवीसी टेलिभिजन र युट्युव मार्फत प्रसारण हुँदै आएको मनोरन्जनात्मक कार्यक्रमले नेपालीलाई मनोरन्जनसँगै नेपाली लोकभाकाको संरक्षण, विस्तार र प्रतिभा प्रस्फुटन गर्न अनुकरणीय भूमिका खेलेको नेता भण्डारीको भनाई छ । 

सामान्यतः राजनीतिक नेताहरुले यस्ता सामाजिक कार्यहरुको बारेमा खुलेर लेख्ने प्रवत्ति नभए पनि नेता भण्डारीले उनीहरुको खुलेर प्रशंसा गरेका हुन् । उनले हजारौँ नेपालीलाई सहयोग र सेवा गर्नु यस कार्यक्रमको अर्को अनुकरणीय र प्रशंसनीय कार्य भएको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । 

उनको स्टाटसमा लेखिएको छ, ‘ईन्द्रेणी कार्यक्रमका कारण नेपालको मौलिकता झल्काउने नयाँ कलाकार उदाई रहेका छन् । पछिल्लो समय रमेश प्रसाई जस्ता बहुप्रतिभाका धनी नेपालीका एक गौंरवको सहभागीताले नेपाली समाजमा बढ्दै गएको डिप्रेसनको रोगलाई ईन्द्रेणीले औषधीको रुपमा काम गरेको छ ।’

दुःखी पीडितको घरमा पुगेर भाषणलाई सेवा ठान्नेहरुलाई पनि इन्द्रेणीले चुनौंति दिइरहेको उनको टिप्पणी छ । 
यस कार्यक्रमले नेपाली समाजमा नयाँ प्रतिभालाई अगाडि ल्याउने क्रममा गुल्मीकी सानी बालिका रबिना बस्याललाई पनि उजागर गरेकोमा उनले गौरव प्रकट गरेका छन् । 

आफ्नो गृह जिल्लाकी सानी छोरीको प्रतिभा देखेर आफुलाई गौरव लागेको र त्यसलाई इन्द्रेणीले साथ दिएकोमा आभार प्रकट गर्न चाहेको उनले उल्लेख गरेका छन् । ईन्द्रेणी कार्यक्रमको प्रस्तुतिले ठूला र साना मानिसको सीमालाई चुनौंती दिएको नेता भण्डारीको टिप्पणी छ । 

‘सम्मान र आदर गर्न योग्य यसका सञ्चालक कृष्ण कडेँल लगायत ईन्द्रेणी परिवारप्रति आभार प्रकट गर्दछु’, उनले लेखेका छन् । 
 
राजनीतिसँगै सामाजिक सेवामा रुची राख्ने नेता भण्डारीले गुल्मीका झण्डै छ सय बालबालिकाहरुलाई शैक्षिक सामग्रीहरुको व्यवस्था गरिदिने र दशैँमा उनीहरुसँगै दशैँ मनाउने गरेका छन् । 



लोकप्रिय समाचार
नयाँ