काठमाडौं । बलिउड अभिनेता अजय देवगन र काजोलकी छोरी न्यासा देवगन चलचित्रबाट टाढा छिन् तर उनको तस्बिर र भिडियोहरू इन्टरनेटमा भाइरल भइरहन्छ ।
बलिउडमा प्रवेश गर्नु अघि नै न्यासाको फ्यान फलोइंग तिब्र गतिमा बढि रहेको छ । उनका नाममा समाजिक सञ्जाल भित्र कयौ एकाउण्ड पनि खोलिएको छ । यसैबीच, न्यासाको एक भिडियो भाइल भइरहेको छ ।
न्यासा देवगनको सो भिडियो सोशल मीडियामा धेरै चर्चा भएको छ । सो भिडियोमा उनी आफ्ना साथीहरूको 'डान्स मुभ' लाई फलो गरिरहेको देखिन्छिन्। न्यासाको भिडियो उनको फ्यान पेजबाट इन्स्टाग्राममा शेयर गरिएको छ।
सो भिडियोमा, न्यासा आफ्ना दुई साथीसँग 'स्टन्ड बाई मी' गीतमा नाच्दै छिन्। यसमा उनले सेतो रंगको क्रप टप र निलो रंगको जीन्स लगाएका छन्। खुला कपालमा न्यासाको यो दृश्य उनीहरूमा खुलेको छ।
न्यासा धेरै पटक आफ्नो लुकको लागि सोशल मीडियामा ट्रोल भइन्। केहि महिना अघि एउटा भिडियोमा उनले सेलिब्रेटीको सन्तानलाई प्रेसर हुने तर बाबुआमाको सहयोगले सबैको सामना गर्ने बल मिलिरहेको बताएकी थिइन्।
एक अन्तर्वार्ताको क्रममा अजय देवगनले आफ्नी छोरी अध्ययनमा व्यवस्त रहेको र अहिले उनको बलिउडमा आउने योजना नरहेको तर अभिनयको शोख भने रहेको बताएका थिए । उनले आगामी दिनमा बलिउडमा प्रवेश गर्नसक्ने बताइएक छ ।
न्यासा १७ बर्षकी मात्र भएकी छन् । उनी सिंगापुरबाट पढ्दै छिन्। उनी कोरोना भाइरलको बखत सिंगापुरमा फसेकी थिइन। यद्यपि उनी पछि मुम्बई फर्किइन्।