arrow

उपत्यकामा बाह्र सय सात संक्रमित थप, ६ जनाको मृत्यु

थप दुई हजार १११ जनामा कोरोना पुष्टि

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
corona-nepal-ministry.JPG

काठमाडौँ । काठमाडौँ उत्यकामा थप एक हजार २०७ कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ । थपिएका संक्रमितमध्ये काठमाडौँका एक हजार ९१९, ललितपुरका १८० तथा भक्तपुरका १०८ जना रहेका छन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

 शुक्रबार थप दुई हजार १०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ६ हजार ३५३ पुगेको छ । थप ९ हजार ५३३ जनाको पिसिआर परीक्षण गरिएको थियो ।  

हालसम्म काठमाडौँका ७७ हजार तीन, ललितपुरका ११ हजार ५७ तथा भक्तपुरका ६ हजार ९५६ जना संक्रमित भएका छन् । तिमध्ये काठमाडौँमा ६० हजार २६६, ललितपुरमा ८ हजार तथा भक्तपुरमा ५ हजार ६१३ संक्रमित निको भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा उपत्यकामा ६ जनाको मृत्यु भइको छ ।  काठमाडौँमा तीन, ललितपुरमा दुई तथा भक्तपुरमा एक जनाको कोरोनाबाट मृत्यु भएको हो । 

अहिलेसम्म कोरोनाबाट काठमाडौँ उपत्यकामा कोरोना भाइरसको संक्रमणबाट ४५३ को मृत्यु भएको छ । काठमाडौँमा २९६, ललितपुरमा ८१ त्था भक्तपुरमा कोरोनाबाट ७६ जनाको ज्यान गएको हो ।

 नेपालमा कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या एक हजार २०२ पुगेको छ ।  

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार हालसम्म एक लाख ६८ हजार १२९ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर तीन हजार पाँच सय ३७ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ३७ हजार २२ जना सक्रिय संक्रमित रहेका छन् ।    



लोकप्रिय समाचार
नयाँ