काठमाडौं । वरिष्ठ हाडजोर्नी रोग विशेषज्ञ एवं सत्याग्रही डा. गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । कोरोनाका केही लक्षण देखिएपछि बिहीबार गरेको पीसीआर परीक्षणमा डा. केसीमा कोरोना पोजेटिभ देखिएको उनका सहयोगी प्रितम सुवेदीले बताएका छन् ।
डा केसीलाई रुघाखोकी लाग्नुका साथै ज्वरोसमेत आएको छ । उनको स्वास प्रस्वासमा समेत समस्या देखिएको छ । डा. केसी अहिले अहिले शिक्षण अस्पताल महाराजगंजको गणेशमान सिंह भवनमा भर्ना भएका छन् ।
उनको थप स्वास्थ्य परीक्षण भइरहेको बताइएको छ । उनको थप स्वास्थ्य परीक्षण भइरहेको सुवेदीले बताए । उनलाई डा. सुबास आचार्यको टीमले हेर्दैछ ।
चिकित्सा शिक्षा सुधार र निःशुल्क स्वास्थ्य सेवाका लाागि डा. केसी २० पटक आमरण अनसनमा बसिसकेका छन् ।