काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा खेलमा नेपाल बंगलादेशसँग कमजोर सावित भएको छ । बंगलादेशको ढाकामा शुक्रबार साँझ भएको पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २–० गोल अन्तरले पराजित भएको हो ।
बंगबन्धु रंगशालामा भएको खेलमा बंगलादेशलाई जिताउन मोहमद नाबिब नवज जीवन र मबुबुर रहमानले १–१ गोल गरे ।
नेपालले केही प्रयास गरे पनि गोल गर्न भने चुकेको थियो । यो खेलमा नेपालबाट राष्ट्रिय टिममा तीन खेलाडीले डेब्यु गरेका थिए ।
विकास खवास, एरिक बिष्ट र दर्शन गुरुङले डेब्यु गर्ने मौका पाएका थिए ।
विश्वकप छनोटको तयारीका लागि नेपालले बंगलादेशसँग मैत्रीपूर्ण खेल खेलेको हो । विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा र बंगलादेश समूह ‘ई’ मा रहेको छ । दोस्रो मैत्रिपूर्ण खेल मंसिर २ गते हुनेछ ।