arrow

नौ जनाको मृत्युपछि गाउँ डुब्यो शोकमा

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
124188075_972444873585101_31.jpg

बैतडी । दशरथचन्द राजमार्गअन्र्तगत पाटन नगरपालिका–८ खोड्पेमा बिहीबार राती बस दुर्घटनामा परी नौ जनाको ज्यान गयो भने ३४ जना घाइने भए । त्यसमा बैतडीका तीन, दार्चुला, कञ्चनपुर र कैलालीका २-२ जनाको मृत्यु भयो ।

बैतडीका मृत्यु हुने सबै तीन जना एउटै गाउँका रहेका छन् । यस्तै सात जना घाइते पनि भए । उनीहरु तीनै जना दोगडाकेदार गाउँपालिका–६ सित्तडका हुन् । मृत्यु हुने तीनै जना २५ वर्षदेखि ३० वर्षमुनिका युवक छन् । 

मृत्यु हुनेमा दोगडाकेदार गाउँपालिकामा कार्यरत आन्तरिक लेखा परीक्षक कविन्द्रप्रसाद जोशी, नेपाल प्रहरीका जवान रणबहादुर चन्द र करनसिंह ऐरी छन् ।  

मृत्यु हुने तीनै जनाका श्रीमती र छोराछोरी पनि सँगै बसमै सवार थिए । उनीहरु घाइते अवस्थामा बाचेका छन् । तीन जनाको मृत्यु र सात जना घाइते भएपछि दोगडाकेदार गाउँपालिकाले दुख व्यक्त गरेको छ ।

 गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले एक शोक वक्तव्य निकालेर दुख व्यक्त गरेका छन् । वक्तव्यमा भनिएको छ, “उक्त घटनाले गाउँपालिका परिवार मर्माहत र शोकमा डुबेको छ,  मृतकप्रति श्रद्धाञ्जलीका साथै घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना पनि गरिएको छ ।” 



लोकप्रिय समाचार
नयाँ